दफा १३
नोटरी पब्लिकको अयोग्यता
देहायको व्यक्ति नोटरी पब्लिकको लागि अयोग्य हुनेछ :-
(क) दफा ११ बमोजिमको परीक्षा उत्तीर्ण नगरेको,
(ख) दफा १२ बमोजिमको योग्यता नभएको,
(ग) ज्यान, चोरी, डांका, कीर्ते, जालसाजी, भ्रष्टाचार, जवरजस्ती करणी, लागु पदार्थको ओसार–पसार तथा सेवन, जीउ मास्ने बेच्ने वा यस्तै प्रकृतिका अन्य संगीन अपराध गरे वापत अदालतबाट कसूरदार ठहरी सजायँ पाएको,
(घ) असल चालचलन नभएको,
(ङ) गैर नेपाली नागरिक,
(च) साहूको दामासाहीमा परेको, र
(छ) मानसिक सन्तुलन ठीक नभएको ।